पोखरामा उनन्साठी करोड भन्दा बढी राजस्व सङ्कलन

Posted on: 30 Jul, 2016

साउन १५, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२/७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ । 

सो कार्यालयले अघिल्लो वर्ष रु ५३ करोड १८ लाख ६१ हजार ८९५ राजस्व सङ्कलन गरेको थियो । 

सो अवधिमा कार्यालयले सवारी साधनकरमा रु ४८ करोड ५८ लाख ६२ हजार १८५, सडक निर्माण तथा सम्भार दस्तुरमा रु ६ करोड ५९ लाख ४६ हजार २३६, सवारी इजाजतकरमा रु दुई करोड २४ लाख ८८ हजार २९३ र यातायात क्षेत्रको आम्दानीमा रु एक करोड ७४ लाख १३ हजार ३९४ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर चन्दले जानकारी दिए । 

यस्तै कार्यालयमा हालसम्म मोटरसाइकल एक लाख ८ हजार ७५९ र अन्य ठूला तथा साना सवारी साधन ३५ हजार ७३५ दर्ता भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!