नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्यो,पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु

Posted on: 11 Nov, 2020

कार्तिक २६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा २५६९ जनामा कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५६९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको हो |

पछिल्लो २४ घण्टामा कोभिडका कारण २६ जनाको मृत्यु भएको छ भने,१६६६जना कोरोना संक्रमण मुक्त भएका छन | हाल ३८९१२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख दुई हजार तिन सय २९ पुगेको छ | ति मध्ये १ लाख ६२ हजार २ सय ४३ कोरोना संक्रमण मुक्त भइसकेका छन् |

त्यस्तै कोरोना कै कारण ११ सय ७४ जनाको मृत्यु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!