सुदूरपश्चिममा सार्वजनिक यातायात बन्द आजदेखि सुचारु

Posted on: 01 Aug, 2016

ललित बोहरा | साउन १७, डडेल्धुरा | सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबार देखि सुचारु हुने भएको छ । 

हिजो अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय बैठकको छलफलपछि यस अघि शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडि मालिकाका यातायात प्रालीका अध्यक्ष कान्छा महर्जनलाई १ हप्ताभित्र उपस्थित गराउने, अब बस्ने यातायात व्यवस्थापन समितिको बैठक सम्म बडि मालिकाको यातायात बन्द गर्ने लगायतका सहमति पछि सार्वजनिक यातायात संचालन गर्न व्यवसायीहरु सहमत भएका हुन । सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले माथि भएका बुदाहरुमा सहमति रहेको बताउँदै हिजोको वैठक सौहार्द रुपमा संचालन भएकोमा उपस्थिति सबै राजनैतिक दलका पार्टी प्रतिनिधिहरु, मानव अधिकारकर्मि, नागरिक समाज, पत्रकार, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र यातायात मजदुर लगायत उपस्थिति सम्पुर्णलाई सकारात्मक पहलको लागि धन्यबाद ज्ञापन गर्नुभयो । 

२ दिन सम्मको बन्दले बिच बाटोमै अलपत्र परेका यात्रुहरु बन्द खुल्यसंगै आफनो गन्तब्य तर्फ लाग्न थालेका छन् ।   यस अघि शुक्रबार बडि मालिका यातायात प्राली चलेको विषयलाई लिएर प्रहरीले हस्तक्षेप गरि मजदुरहरु पक्राउ गरेको विषयलाई लिएर सुदुरपश्चिमका ९ ओटा यातायात व्यवसायीहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!