नहरमा डुबेर युवकको मृत्यु

Posted on: 01 Aug, 2016

साउन १७, कलैया । बारा वसन्तपुर गाविसस्थित गण्डक नहरमा हिजो बेलुकी नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । 

वसन्तपुर गाविस–९ बस्ने ३५ वर्षीय राममान महतोकोे गाउँ नजिकैको गण्डक नहरमा नुहाउन लाग्दा अचानक पानीमा डुबेर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!