बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Posted on: 24 Nov, 2020

मंसिर ९, बैतडी |  बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ | मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना भएको हो |

जिल्ला प्रहरी कार्यालयका अनुसार,दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ | दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लागिएको छ |

दुर्घटनामा परि घाइतेभएका तथा  मृतकको पहिचान खुलेको छैन | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!