गुल्मीको निस्तेखोलामा फेला परेको शवको सनाखत

Posted on: 01 Aug, 2016

प्रेम सुनार/साउन १७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा  पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शवको पहिचान भएको छ  । 

गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर  रावल संग सम्पर्क राख्दा उनले प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा मृतकको सनाखत भएको जानकारी दिए ।

उनका अनुसार नेटा गाविस वडा नम्वर १ की ८६ वर्षिया  जसा श्रीस्को शव फेला परेको हो । साउन १५ गते घरवाट पारी दोहली ९ को कोटकाटेरी स्थित आफन्तको घरमा हिडेको बताईएको छ । उनको शव त्यस स्थानबाट धेरै तल फेला परेको हो ।   तर केहि दिन अघि हस्तीचौरमा फेला परेको वेवरिसे पुरुषको शव भने प्रहरीले सनाखत नगरी त्यस गाविसलाई दाह संस्कार गर्न लगाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!