गोकर्णेश्वरमा सुतिरहेकै अवस्थामा आमा छोरी मृत फेला

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ | बौद्ध गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका छन् | बिहीबार बिहान उनीहरु सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् भने,उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका हुन् |

उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक(डिएसपी) नविन कार्कीले बताए | हिले दोर्जेको स्वास्थ्यमा सुधार आएको प्रहरीले जनाएको छ | 

बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए | 

प्रहरीले राति झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका गरेको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!