निर्वाचनलाई निशुल्क जग्गा

Posted on: 03 Aug, 2016
प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको छ । 
कार्यालयका लागि भवन निर्माण गर्न तुम्बाहाम्फेले बुधबार डेढ रोपनी कार्यालयको नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिनुभएको हो । हाल दलित सचेतना समाज नेपालको कार्यालय रहेको ठाउँ नजिकै तुम्बाहाम्फेले भवन निर्माणकालागि जग्गा दिनुभएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो । 
जग्गा रजिष्ट्रेसन पास गरेपछि सो जग्गाको लालपुर्जा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले निर्वाचन कार्यालयलाई हस्तान्तरण गर्दै यथासिघ्र भवन बनाई कार्यालय सन्चालन गर्न प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । जिल्ला निर्वाचन कार्यालयकालागि आफ्नै भवन नहुँदा हाल जिल्ला प्रशासन कार्यालयको पुरानो भवन बाटै सेवा प्रवाह भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!