रामेछापको गेलु पहिरोको उच्च जोखिममा, ५ घर विस्थापित

Posted on: 03 Aug, 2016

प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा परेको हो ।

पहिरोले गाउँनै जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन । बिस्थापित भएका परिवार यतिबेला आफन्तकोमा साहारा लिएर बस्न बाध्य भएकाे स्थानीयले जानकारी दिएकाछन्। चिरिएको जमिनमा बर्षातको पानी पसेपछि पहिरो कतिबेला झर्छ भन्ने टुंगो नभएकाले सुरक्षित स्थानको पहिचान गरी जतिसक्दो चाडाे बस्तिनै स्थानान्तरण गरिनुपर्ने उनीहरूकाे माग छ । पहिरो झर्न ठिक्क परेपछि स्थानीय ईन्द्र बहादुर मगर, गगन बहादुर मगर, उमेश मगर, भमाया मगर र चतुर बहादुर मगरको परिवार बिस्थापित भएको बताइएको छ ।

सुरक्षित स्थानमा जग्गा भएकाहरुका लागि अहिले सामान्य ओतको प्रबन्ध मिलाउने प्रयास भईरहे पनि पूरै जग्गा पहिरोको जोखिममा परेकालाई भने सुरक्षा गर्न निकै चुनौतीपूर्ण रहेको स्थानीय गुणा बहादुर मगरले जानकारी दिनुभयाे । गाबिस सचिव कुलबिक्रम श्रेष्ठ सहितको टोलीले पहिरोको निरीक्षण गरी जिल्लामा रहेका एनजिओ, आईएनजिओ र जिल्ला बिकास समितीलाई पहिरोको बारेमा जानकारी गराउने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!