सूचनाको हकको व्यवहारिक प्रयोग बढ्दै

Posted on: 08 Aug, 2016

प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सन्चालित कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगको प्रवर्धनमा जोड दिएका छन् ।

सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष निकाल्दै सहभागीले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पुर्याइनुपर्ने बताए । आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविसका ३५ बढी सहभागी कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता प्रकाश धौलाकोटीले गर्नुभएको थियो । 

यस क्षेत्रमा पछिल्लो समय सूचनाको हक निकै प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । विभिन्न गाविसमा सूचना माग्ने, प्राप्त सूचनाबारे समुदायमै छलफल गर्ने र सम्बन्धित निकायलाई नागरिकहरुप्रति जवाफदेही बनाउने क्रियाकलापहरु भइरहेको देउराली सोसाइटी, तेह्रथुमका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । कार्यक्रम एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले आयोजना गरेको हो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!