नुवाकोटमा कोरोना संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप तीन जनाको मृत्यु

Posted on: 06 Jun, 2021

जेठ २३, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप तीन जनाको निधन भएको छ ।

दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभयो । 

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!