इतिहासमा आज : यी हुन् विश्वका पाँच महत्वपूर्ण घटना

Posted on: 24 Aug, 2021

आज २४ अगस्ट । आजकै दिन विश्वमा महत्वपूर्ण  राजनीतिक, सामाजिक  र वैज्ञानिक घटना भएका थिए । प्रस्तुत छ– विश्वमा आजकै दिन भएका केही महत्वपूर्ण घटना विवरणः

युक्रेनको स्वतन्त्रता 

सन् २४ अगस्ट १९४९ मा युक्रेनले स्वतन्त्रता पाएको थियो । सोभियत संघका तत्कालिन राष्ट्रपति मिखाइल गोर्भाचेभलाई ‘कू’ गर्ने असफल प्रयासपछि पूर्वी युरोपेली मुलुक युक्रेनले सोभियत युनियनबाट आज स्वतन्त्रता पाएको थियो । देशको संसद् भर्खहोभन राडाले युक्रेन स्वतन्त्रता घोषणा गर्ने कानुन पारित गर्दै जनमतसंग्रहमा जाने निर्णय गरेको  थियो । हरेक अगस्ट २४ मा युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्छ । 

नेटो स्थापना 

आजकै दिन अर्थात् २४ अगस्ट १९४९ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनाको स्थापना भएको थियो । यो एउटा अन्तरसरकारी सैन्य गठबन्धन हो । ४ अप्रिल  १९४९ मा नेटो स्थापनाका लागि विभिन्न मुलुकबीच वासिंगटन डिसीमा एउटा सन्धिमा हस्ताक्षर भएको थियो । सुरुमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आईसल्याण्ड, इटली लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे पोर्चुगल, बेलायत र अमेरिकासमेत १२ देश नेटोका सदस्य थिए । अहिले २८ देश नेटो आबद्ध छन् । नेटो सन्धिको एउटा धारामा समूहको कुनै एउटा राष्ट्रलाई आक्रमण गरेमा सम्पूर्ण गठबन्धनलाई नै हमला गरेको मानिन्छ । 

ब्रिटिसले वासिंगटन जलाए

बेलायतका मेजर जनरल रोबर्ट रोस नेतृत्वको सैन्य फौजले आजकै दिन अर्थात् २४ अगस्ट  १८१४ मा अमेरिकी सहर वासिंगटन डिसी कब्जा गरेर जलाइदिएको थियो । बेलायती सेनाले राष्ट्रपति र संसद् भवनसमेत हमला गरेका थिए । आक्रमणपछि तत्कालीन राष्ट्रपति म्याडिसन र उनको सरकारका सदस्य भागेर म्यारिल्याण्डको ब्रुकभिल्लामा शरण लिएका थिए । ब्रिटिस सेनाले जम्मा २४ घन्टा वासिंगटन कब्जा गरेको थियो । २४ घन्टापछि अमेरिकाले सो सहर पुनः नियन्त्रणमा लिएको थियो ।

प्लुटोलाई अनौठो ग्रहको मान्यता

आजकै दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष युनियन (आइएयु) ले प्लुटोलाई अनौठो र पुड्को ग्रहको रुपमा वर्गीकरण गरेको थियो । आइएयुका अनुसार प्लुटो न त ग्रह हो न प्राकृतिक भूउपग्रह नै । यो एउटा यस्तो पिण्ड हो, जसले तारालाई परिक्रमा गर्छ । सन् १९३० मा अमेरिकी अन्तरिक्ष यात्री क्लाइडी टोमबगले यो ग्रहलाई सबैभन्दा पहिले पत्ता लगाएका थिए । वैज्ञानिकहरुका अनुसार प्लुटो हाम्रो सौर्य प्रणालीकै अनौठो ग्रह हो । 

इटालीको विनाशकारी ज्वालामुखी

इतिहासमा आजकै दिन दक्षिण इटालीमा विनाशकारी ज्वालामुखी आएको थियो । ७९ एडी माउन्ट भेसुभिअस नाम दिइएको सो ज्वालामुखीमा २० हजार मानिसको ज्यान गएको थियो । ज्वालामुखीले इटालीका तीन सहर पुरिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!