सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइयो

Posted on: 17 Aug, 2016

ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफ ूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सागपात, फलफूल, मिठा–मिठा खानेकुरा बाँड्नुका साथै महिलाहरुले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ । 

आजको दिनलाई गर्मीयामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ । सुदूरपश्चिममा ग्रिष्म यामलाई संकटकालको रुपमा र भदौ पछाडिको समयलाई नवजिवन प्राप्तिको रुपमा लिने गरिन्छ । 

आजका दिन श्रद्धालु भक्तजनहरु नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात हरिया सागपातहरु चढाउने गर्दछन । यस पर्वमा महिलाहरु माईत जाने एवं अघिल्लो दिन घरपरिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ । 

त्यस्तै आजको दिन नै आउँदो असोज १ मनाइने सुदूरपश्चिमेली बन्ढुनी संक्रान्तिका लागि बन्ढुनी पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्ढुनी गाड्ने गरिन्छ । जुन असोज १ गतेका दिन बुढी पोल्ने भनि जलाउने गरिन्छ ।

आजका दिन अमरगढी नगरपालिको ७ दुमडामा सुदुर पश्चिमको संस्कृती अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!