हस्पिटलले शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर

Posted on: 28 Aug, 2016

भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा यो हप्ता १ सय २८ जनाले सेवा लिएका छन् । शनिवार सञ्चालिन शिविरमा विशेषगरी सर्जिकल र नाक कान घाटी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आकासमणी भण्डारी, जनरल सर्जन डाक्टर सुनिलमान बिजुक्छे र डाक्टर डेबिट श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, रेडियोलोजिष्ट डाक्टर सुमिरन श्रेष्ठ, स्वास्थ्यकर्मीहरु मेट्रोन प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, रविना मानन्धर र मनिसा साई लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ३० जना बिरामीको ल्याब परिक्षण, १५ जना बिरामीको भिडियो एक्स रे , १० जना बिरामीको मुटुको इसिजी र १० जना बिरामीको एक्स रे निशुल्क गरीएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

शिविरको समापन समारोहमा वोल्दै रिजनल अस्पतालका अध्यक्ष जगत बहादुर खड्काले आगामी हप्ता पनि निशुल्क स्वास्थ्य शिबिरलाई निरन्तरता दिने बताउदै भदौ १८ गते शनिबार पेट छाती मुटु तथा थाईराईड रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुने बताए । अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!