पोखरामा सडकमा बगेको पानीले बगाउँदा महिलाको मृत्यु

Posted on: 01 Sep, 2016

भदौ १६, पोखरा । खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ । 

गएराति परेको भीषण वर्षासँगै आएको बाढीले पोखराको सिद्धार्थचोकबाट दाङ देउखुरी घर भई पोखरा–८ बगालेटोलमा बस्दै आएकी ४८ वर्षीया मीना भण्डारीलाई बगाएर मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनको शव आज बिहान बगाएको ठाउँभन्दा केही तल फेला परेको थियो । तीजको दर खाएर आफ्नो कोठातर्पm फर्कदै गर्दा उनलाई बगाएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!