सुदुरपश्चिका सबै स्थानमा गौरा बिसर्जन

Posted on: 03 Sep, 2016

ललित बोहरा/भदौ १८, डडेल्धुरा । सुदुरपश्चिका बिभीन्न स्थानमा सञ्चालीत गारौ सानीबार सबै स्थानमा सम्पन्न भएको छ ।

यस्तै डडेल्धुरा सदरमुकाम बागबजार स्थित बागबजारमा सञ्चालित चार दिने राष्ट्रिय गौरा महोत्सव २०७३ सनीबार सम्पन्न भएको छ । महोत्सवमा महिला पुरुष देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । 

शनिबार गौरा महोत्सवको अन्तिम दिन बिधिवत रुपमा गौरा बिसर्जन संगै प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउने महिला पुरुष देउडियालाई सम्मान गर्दै पुरस्कार बितरण समेत गरिएको गौरा महोतत्सव मुल आयोजक समिती संयोजक देबराज भट्टले बताएका छन । 

राधाकृष्ण मन्दिर विकास समितीको आयोजनामा प्रत्येक बर्ष झै मनाइएको गौरा महोत्सवमा डडेल्धुरा लगायत अन्य जिल्लाहरुबाट आएका हजारौ मान्छेहरुले गौरा महोत्सव अवलोकन गर्नुका साथै रमाइलो गरेका छन । गौरा नचाई, बालो खेलाउदै प्रत्येक दिन बसपार्कमा धार्मिक संस्कृति अनुसार गौरा महोत्सव मनाईदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!