गुल्मीको शिक्षा दिवसको रौनक तस्वीरमा हेर्नुहोस

Posted on: 08 Sep, 2016


प्रेम सुनार/भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईदैछ । 

सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको केहि वेर अघि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेका हुन् । उद्घाटन सत्र सुरु भए देखि तम्घासका विभिन्न विद्यालयका भाई वहिनीहरुको नृत्यले मनोरञ्जनपुर्ण बनाई रहेका छन् ।  

जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा समितिको आयोजनामा मनाईदै गरेको शिक्षा दिवस कार्यक्रम समितिका अध्यक्ष रहेका स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा मनाईदैछ ।

सहयाक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जिल्लाको शैक्षिक अवस्थावारे प्रकाश पारिरहेका छन् ।  त्यस कार्यालयका शाखा अधिकृत हरि ज्ञवालीले सञ्चालन गरी रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता र शैक्षिक क्षेत्रका अगुवाहरु र सरोकारवाला संघ संस्थाको प्रतिनिधीत्व रहेको छ ।

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनेपयोगी शिक्षामा लगानी ’भन्ने मुलनाराका साथ मनाईदै गरेको दिवसमा कार्यपत्र पस्तुत गर्दै जिल्ला शिक्षा अधिकारी खनालले प्राविधिक शिक्षामा राज्यले जोड दिएको बताए ।  हेरौ तस्वीरमा शिक्षा दिवसका केहि झलकहरु । 







यस बिषयमा तपाइको प्रतिक्रिया...!