पुनरावेदनमा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभावित

Posted on: 16 Sep, 2016

नन्दराम जैशी | भदौ ३१, जुम्ला | गएको ३ महिना देखि पुनरावेदन अदालत जुम्लामा मुख्य न्यायधिस नहुँदा न्याय सेवा प्रभावित भएको छ । 

मुद्दा फैसला लागि २ जना न्यायधिस आवश्यक पर्ने भएकाले दुवैजना न्यायधिसको अनुपस्थितले न्याय सेवा प्रभावित भएको हो । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधिस टंकवहादुर मोक्तान तुल्सीपुरको पुनरावेदन अदालतमा काजमा गएको र नेपालगंज पुनरावेदन अदालतका मुख्य न्यायधिस विरवहादुर डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी दिइएपनि उहाँको समेत उपस्थित नहुँदा न्याय सेवा प्रभावित हुन पुगेको छ ।

अर्को आदेश नभएसम्म पदाधिकार रहेको अदालतको जिम्मेवारिको अतिरिक्त इजलास लागेको बखत पुनरा वेदन अदालतको कामकाज गर्ने गरि सर्वोच्च अदालतले २०७३ असार १ गते गरेको निर्णय अनुसार न्यायधिस डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ । पुनरावेदन अदालत जुम्लामा ६२ थान मुद्दा परेका छन् ।     

६२ थान मुद्दा मध्ये पेश्मिा चढेका ५१ थान मुद्दा मुख्य न्यायधिस नभएका कारण अन्तिम सुनूवाई हुन सकेको छैन् । मुख्य न्यायधिसको अनुपस्थितले असार १ गतेबाट मुद्दा पेशी हुन नसकेको पुनरा वेदन अदालत जुम्लाका रजिष्टार माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । गएको आर्थिका वर्ष २०७२/७३ को ३९ थान मुद्दा जिम्मेवारि सरेको र चालु आर्थिक वर्षमा २३ थान मुद्दा दायर भएको उहाँले वगत गराउनु भएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!