बसुन्धरा पार्कमा कुनै पनि मेला महोत्सव हुने छैन : नगर विकास समिति

Posted on: 16 Sep, 2016

कमल सुबेदी, भदौ ३१, पोखरा । पोखराको  सबैभन्दा ठुलो ताल फेवाताल किनारमा रहेको बसुन्धरा पार्कमा अब कुनैपनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । पोखरा उपत्यका नगर विकास समितिको भदौ १६ गते बसेको १४९ औं बोर्ड बैंठकले  अबका दिनमा  पार्क भित्र  कुनै पनि मेला महोत्सब सञ्चालन गर्न नपाइने र कुनैपनि ब्यक्ति वा संस्थालाई सार्वजनिक रुपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको समितिका अध्यक्ष प्रकाशमोहन खनालले बताए । पार्कको अस्तित्व जोगाउन ,जुन प्रयोजनका लागि लिइएको थियो, सोहि प्रयोजनका लागि  पार्कको संरक्षण गर्ने निर्णय भएको खनाल ले जानाकारी दिए  ।

२०३८ सालमा अधिग्रहण गरेको १ सय ८ रोपनी क्षेत्रफल भएको  हाल बसुन्धरा पार्कको रुपमा रहेको सो जग्गा पोखरा उपत्यका नगरविकास समितिको नाममा छ ।  पार्कलाई ब्यवस्थित पार्ककै रुपमा विकास गरी अगाडी बढ्ने खनालले जानाकारी दिए । पोखरा उपत्यका नगर विकास समितिमा  बिष्णु प्रसाद बास्तोला अध्यक्ष हुदा उक्त पार्कमा केबलकार संचालनको लागि प्रस्ताव गर्दा पोखरेली र यस ठाउका सांसदहरुले बिरोध जनाएका थिए ।  

पार्कमा कुनै पनि  मेला महोत्सव नहुने निर्णय सगै यसको प्रत्यक्ष असर पश्चिमाञ्चल होटल संघले गर्ने फेवा नववर्ष महोत्सब र रेवान पोखराले गर्ने सडक महोत्सबमा पर्ने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!