७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम सुचारु

Posted on: 17 Sep, 2016

ललित बोहरा/असोज १, डडेल्धुरा । बैतडीको कैलपाल ९ डैसिली र पाटन नगरपालीकाको २ सकारमा ७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम फेरी सुचारु भएको छ । 

नेपाल बिद्युत बितरण केन्द्र बैतडीले ६ बर्ष पहिले बिद्युत जडानका समाग्री उपलब्ध गरेको भएपनी टान्सर्फमर राख्ने बिवाद र ठेक्दारको लापरवाहीले काम सुरु हुने सकेको थिए । 

सबै बिवाद साम्य भएपछि स्थानीयको पहलमा बिना ठेक्दार कार्य भईरहेको स्थानीय गजेन्द्र बोहराले रेडीयो अमरगढीलाई जानकारी  दिनु भयो । 

बिधुत बिस्तारको लागी स्थानीय तर्क ठगुन्नाको अध्यक्षतामा ११ सदस्य बिवाद समाधन समिती गठन गरेको छ । यता नेपाल बिद्युत बितरण केन्द्र बैतडीबाट ३ बर्ष पहिले ठेक्का पाएका राम सरण भट्टले भने आफनो ठेक्का नै स्थानीय तर्क ठगुन्नालाई दिएको  रेडीयो अमरगढीलाई बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!