विगत २० बर्षदेखि संचालन हुदै आएको फुटवल प्रतियोगिता आजवाट सुरु

Posted on: 19 Sep, 2016

हेटौँडा,३ असोज

विजया दशमिको अवसरपारेर विगत २० बर्षदेखि संचालन हुदै आएको टोल स्तरीय फुटवल आजवाट सुरु भएको छ । हेटौडा ७ नागस्वतिमा सुरु भएको प्रतियोगिताको उद्धघाटन जिल्ला खेलकुद विकास समितीका अध्यक्ष माधव तिमल्सिनाले गर्नुभएको थियो । प्रतियोगितामा हेटौडा उपमहानगरपालिका भित्रका विभिन्न ९ टिमको  सहभागीता रहेको छ । असोज १९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५० किलोको खसि,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्धितिय हुनेले ४० किलोको खसि ,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नर्मल मुस्कान हमुह विजयी भएको छ । न्युरेनि चिसापानि टोल लाई १.०ले पछि पर्दै नर्मलले जित हासिल गरेको को नर्मलको जितमा उत्कष्ट लामिछनेले गोल गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!