शिव मन्दिरको लागि सिंहले गरे ५० हजार सहयोग

Posted on: 05 Mar, 2016

shinghअभिमनु पटेल/फाल्गुन २२, रौतहट । महारानी पुजा समिति ब्रहम्पुरीले वार्ड नं ५ मा शिव मन्दिर निमार्ण कार्य आयोजना गरिरहेको छ । निर्माणकै क्रममा ब्रहम्पुरी निवासी अरविन्द कुमार सिंहले शिव मन्दिर निमार्णका लागि नगद रु ५० हजार १ सय २५ रुपैया सहयोग प्रदान गरेका छन् ।

सिंहले रकम हस्तान्तरण गर्दै आफ्नै गाउँमा सराहनीय काम भइरहेकोले आउने दिनमा पनि शिव मन्दिरका लागि धेरै भन्दा धेरै सहयोग गर्ने बचन दोहोर्याए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!