नदीमा माछा मार्न गएका मुनवीरको डुबेर मृत्यु

Posted on: 21 Sep, 2016

असोज ५, जुम्ला । तिलानदीमा माछा मार्न गएका चन्दननाथ नगरपालिका– ५ सिङ्गाचौर गाउँका ४३ वर्षीय मुनवीर सार्कीको आज विहान डुबेर मृत्यु भएको छ । 

तीन जनाको समूहमा कुडारी गाविसको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न जाँदा नदीमा डुबेर उनको मृत्यु भएको हो । 

डुबेको स्थानबाट झन्डै पाँच किलोमिटर तल रारालिही गाविसमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताउनुभयो । 

घटनास्थल सदरमुकामदेखि २९ किलमिटर टाढा रहेको छ । शव परीक्षणका लागि घटनास्थलबाट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!