अहिलेसम्म भारतलाई जित्न नसकेको नेपालका लागि फेरी अर्को परिक्षा

Posted on: 01 Jan, 2017

पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इतिहाँसको अन्त्य गर्ने अवसर अब नेपालले सोमबार पाउँदैछ । 

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत भएका दुई खेल र साफ वुमेन्स च्याम्पियनसिपका यस अघि भएका तीन फाइनल खेल गरि पाँच पटकसम्म नेपाललाई लगातार भारतले पन्छाउन सफल भएको छ । यो पटक सिलिगुडीमा जारि चौथो साफमा भने नेपालले उही प्रतिद्वन्द्वी भारतलाई फाइनलमा नभई सेमिफाइनलमै सामना गर्ने चुनौती खडा भएको छ । समूह 'ए' को शिर्ष स्थानमा रहेको नेपाल र समुह बी’को दोश्रो स्थानमा परेको भारतबीचको सोमबार हुने प्रतिष्पर्धा नेपाली तथा भारतीय महिला फुटबलका लागि निकै महत्वपूर्ण खेल मानिएको छ । 

चौथो साफको आयोजक समेत रहेको भारतले सनिबार बंगलादेशसँग भएको समुह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेको थियो । तर गोलका आधारमा बंगलादेश भारतभन्दा अब्बल बनेपछि नेपाल र भारतबीच सेमि फाइनलमै भिड्नुपर्ने भएको हो । 

यो पटकको खेलमा समुह बिजेता बन्दै नेपालले आफ्नो तीन खेलमा लगातार गोल बर्षा गरेको छ । नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराउँदै आफुलाई बलियो सावित गरिसकेको छ । साफ वुमेन्स च्याम्पियनसिपको तीन खेलमा एक गोल पनि नखाएको नेपालले सोमबार कस्तो खेल्ला ? त्यो भने नेपालका लागि ठूलो परिक्षाको बिषय रहेको छ । उता भारतलाई पनि नेपालसामु खेल्नु निकै चुनौतीपूर्ण छ । भारतका महिला फुटबलरहरुले नेपाललाई हराउनका लागि पहिलो र दोश्रो खेलमा गोलको बर्षा गराएकि नेपाली खेलाडी सावित्रालाई रोक्ने कोसिस गर्नेछन् भने नेपालले पनि पाँच पटकसम्म लगातार हारको बदला लिनकै लागि सशक्त पर्दर्शन गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!