सल्यानमा स्थगीत भलिवल प्रतियोगिता फेरि शुरु हुने

Posted on: 17 Mar, 2017

शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’ अव यहि चैत्र १३ गतेबाट शुरु हुने भएको छ ।

खेल क्षेत्रको विकास, दक्ष खेलाडि उत्पादन र त्रिवेणी तिर्थशाला धामको प्रचारप्रशारमा टेवा पुर्याउने उद्देश्यले खुल्ला भलिवल प्रतियोगीता राखिएको हो ।

साविकको फालावाङ गाविस र त्रिवेणी गाविसको चालू आर्थीक वर्ष २०७३।०७४ का लागी खर्च हुने रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक महादेवनाथ योगीले जनाएका छन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाइ रु ७५ हजार, द्वतीय हुनेलाइ ५० हजार र तृतीय हुनेलाइ २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

धार्मिक रुपमा महत्वपूर्ण मानिने त्रिवेणि तिर्थशाला धामको नजिकै प्रतियोगीता राखिएको र यसले धामको प्रचारप्रशारमा पनि भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!