जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ए स्टार र नयाँ तारा कला सागर सेमिफाईनलमा प्रबेश

Posted on: 18 May, 2017


कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश गरेका छन । पहिलो क्वाटरफाईनलमा थ्रि स्थार युुवा क्लब कालिका सुुगालिलाई ४ विकेटले पराजित गर्दै ए स्टार सेमिफाईनल पुुगेको हो ।

पहिले ब्याटिग गरेको सुुगालिले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ५७ रन बनाएको थियो, जवाफमा ए स्टारले १० ओभर पुरै खेलेर ६ विकेटको क्षतिमा जित हासिल गरेको हो । दोस्रो क्वाटर फाईनल खेलमा ए स्टार युुवा क्लब आयोजक बि लाई ९ रनले पराजित गर्दै नयातारा कलासागर सेमिफाईनलमा प्रबेश गरेको हो । पहिले ब्याटिग गरेको नयाँ तारा कला सागरले निर्धारित १० ओभरमा ८ विकेट गुुमाएर ७१ रन बनाएको थियो । जवाफमा ए स्टारले पुरै १० ओभर खेलेर ५ विकेट गुमाएर ६२ रन मात्र जोड्न सकेको थियो ।

भोलि बिहान बिहिवार ८ बजे तेस्रो क्वाटरफाईनल खेल दिपक युुवा क्लब कालिका र टँक स्मृति युुवा क्लब जुुपु र चौथो क्वाटरफाईनल खेल करणाली गेष्ट हाउस मँगलसेन र बान्नीगढी जयगढ गाउपालिका जयगढ बिच हुुने आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाईनलका खेल पनि भोलि नै हुने आयोजक कमिटीका कटक थापाले जानकारी दिनु भयो । जेठ २ गतेबाट सुुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । जसबाट ९ वटा टिम बाहिरी सकेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!