नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन

Posted on: 19 Sep, 2017


कमल रावल/असोज ३, अछाम । नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन भएको छ । 

नेपालको भलिवल संघलाई आर्थिक रुपमा टेवा पुगोस भनि जापानमा शाखा गठन गरिएको हो । जापानमा भएको भेलाबाट नबिन गुरुङ्गको अध्यक्षतामा २४ सदस्यिय शाखा गठन गरिएको हो । 

जसमा बरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुबेदि, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री लगाएतका सदस्य रहेका छन ।  

शाखाको बरीष्ठ सल्लाहकारमा श्री भक्त गुरुङ्ग, रत्न बस्नेत र  फर्शुराम बस्नेत छन भने अरु ७ जनालाई सल्लाहकार सदस्यमा चयन गरिएको छ । जापानमा गठन भएको शाखाले नेपाली भलिवललाई बलियो बनाउदै लैजानका लागि वार्षिक ५ लाख सहयोग गर्ने त्यहाबाट नवनिर्वाचित उपाध्यक्ष मदन साउदले बताउनुभयो । नेपाल भलिबल सङ्घको शाखा यतिबेला अमेरिका, हककगँ, मकलाउ लगाएतका देशमा गठन भईरहेको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!