मेसिको ह्याट्रिक ! अर्जेन्टिना विश्वकपका लागि छानियो

Posted on: 11 Oct, 2017

असोज २५, काठमाडौं । केहि समय अघि फुटबल खेलबाटै सन्यास लिएका लियोनल मेसी विश्वभरिका आफ्ना समर्थकहरुको कारण सन्यास फिर्ता लिएर राष्ट्रिय टिममा छन् । 

मेस्सी राष्ट्रिय टिममा फर्किएपछी फेरी पनि अर्जेन्टिनालाई विश्वकपमा देख्न पाइने छ भने आज बिहानको विश्वकप छनोट खेलमा मेस्सिकै ह्याट्रिकका कारण अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको छ ।

केहीबेर अघि सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले अर्जेन्टिनालाई विश्वकपमा मात्र प्रवेश गराएनन् उनले खेलमा सर्वाधिक गोलको रेकर्ड समेत राखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!