साफेमा जारी मेयर कपमा सेमिफाईनल पुग्ने टिमको आज टुंगो लाग्दै

Posted on: 14 Mar, 2018

कमल रावल | फागुन ३०, अछाम | अछामको बडसैन क्रिकेट मैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा ४ टिम २ जित निकाल्दै शिर्ष स्थानमा प्रबेश गरेका छन् । चौथो दिनको खेलमा समुह क र ख बाट ४ टिम शिर्ष स्थानमा पुगेका हुन । 

मंगलबार भएको समुह 'क' को खेलबाट सिवाईसि अतरिया २ जित निकाल्दै माथिल्लो चरण पुगेको हो । आयोजक साफेबगर नगरपालिकालाई ५ विकटले पराजित गर्दै सिवाईसि अतरियाले माथिल्लो स्थानमा आफनो स्थान बनाएको हो । त्यसपछी समुह ख बाट टंक स्मृति युवा क्लब जुपु टिकापुरले साफेबगर नगरपालिका ३ सिद्धेश्वरलाई ३ रनले पराजित गर्दै सुरक्षित भएको हो । 

टस जितेर पहीले ब्याटिग गरेको जुपुले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा सिद्धेश्वरले १२ ओभरमा ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । समुह क बाट त्रिपुरा सुन्दरी क्लब श्रीकोटलाई ३० रनले पराजित गर्दै रिडीकोट युवा क्लब माथिल्लो स्थानमा पक्का भएको हो । यसअघि समुह ख बाट हिजो नै दोस्रो जित निकाल्दै मंगलसेन नगरपालिका माथिल्लो स्थानमा सुरक्षित भईसकेको थियो । प्रतियोगिताको पाचौँ दिन बुधबार पनी ५ खेल हुने भएका छन । 

पहीलो खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँ दोस्रो खेलमा आयोजक साफेबगर नगरपालिका  र सान्नीकोट युवा क्लब श्रीकोट, तेस्रो खेलमा टँक स्मुती युवा क्लब टिकापुर जुपु र मंगलसेन नगरपालिका, चौथौ खेलमा आयोजक साफेबगर नगरपालिका र सान्नीकोट युवा क्लब श्रीकोटमा विजेताले वैजनाथ युवा क्लब कालिमाटी सँग र पाचौँ खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँमा विजेताले सिद्धेश्वर सँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मुख्य अम्पायर रबिन्द शाहले जानकारी दिनु भयो । प्रतियोगितामा सेमिफाईनल पुग्ने टिमको टुगो बुधबार मात्र लाग्ने भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!