खोटाङमा दोश्रो नगरकप फुटबल प्रतियोगीता बैसाखमा हुने

Posted on: 19 Mar, 2018

चिसाङ शेर्पा/चैत्र ५, खोटाङ | खोटाङमा बैशाख पहिलो साता दोश्रो नगरकप फुटबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।


 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले फुटबलको व्यवसायी बिकासमा टेवा पु¥याउने उद्धेश्यका साथ आगामी बैसाख ४ गतेदेखि ८ गतेसम्म दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कप सञ्चालन हुने भएको हो । 

नगरपालिकाका १५ वडाका खेलाडीको प्रतिष्पर्धा हुने प्रतियोगीताका प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ७५ हजार ७५ र ५० हजार ५० प्राप्त गर्ने आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । 

स्थानीयको पहलमा सोल्मामा निर्माण गरिएको खेलमैदानमा आयोजना गरिने प्रतियोगीताका दुई सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम नगद २० हजार २० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताका बेस्ट प्लेयरलाई ४ हजार ४० तथा बेस्ट डिफेण्डर, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट किपर, बेस्ट कोच र अनुशासित टिमलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस् क्लवले जनाएको छ ।

करिब ९ लाख ५० हजारको खर्चमा सम्पन्न हुने प्रतियोगीताका लागि पुरस्काका लागि मात्र १ लाख ८७ हजार ७८९ रुपैयाँ स्टीमेट गरिएको अध्यक्ष राईले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!