सूचना टाँस गरी प्रदेशसभाको बैठक स्थगित

Posted on: 03 Jul, 2018

असार १०, धनगढी (रासस) | आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रदेश नं ७ को प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ । 

प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सामाजिक विकासमन्त्रीद्वारा टेबुल भएका तीन वटा विधेयक परिपक्व हुन १२० घण्टाको समय चाहिने र विधेयकको अध्ययनका लागि सदस्यलाई समयसमेत चाहिएकाले आज बोलाइएको बैठक सभामुखको आदेशमा स्थगित गरी असार २१ गते अपराह्न ४ बजेका लागि सारिएको जानकारी दिनुभयो । 

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले गाउँसभा र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको ‘विधेयक २०७५ र प्रदेश आकस्मिक कोष विधेयक २०७५ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सोमबारको बैठकमा टेबुल गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!