रिडिकोटमा यसबर्ष पनी १ लाख ५ हजार धनराशिको क्रिकेट प्रतियोगिता हुदै

Posted on: 28 Oct, 2018

कमल रावल | कात्तिक ११, अछाम | साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको बडासैन खेलमैदानमा यस बर्षपनी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । २०७० सालबाट नियमित रुपमा हुदै आएको क्रिकेट प्रतियोगिता यो बर्ष कात्तिक १४ गतेबाट सुरु हुने भएको छ । 

दिपावलिको अवसरमा रिडिकोट क्रिकेट क्लबको आयोजनामा बडासैन खेलमैदानको सबैभन्दा ठुलो धनराशि १ लाख ५ हजार राशिको प्रतियोगिता हुने भएको छ । यसअघि साफेबगर नगरपालिकाको आयोजनामा सोही मैदानमा फागुन महिनामा १ लाख राशिको क्रिकेट प्रतियोगिता भएको थियो । प्रतियोगितालाई सफल पार्नका लागि आवश्यक मैदान ब्याबस्थापन, प्रचार प्रसार र टिम दर्ताको प्रबन्ध भईरहेको रिडिकोट क्रिकेट क्लबका पुरन कुमार नगार्जीले बताउनु भयो । विगतका जस्तो अन्य जिल्लाका खेलाडीले यसवर्षको प्रतियोगिता खेल्न नपाउने उहाँले बताउनु भयो । 


यस बर्ष जुनसुकै नगरपालिका, गाउपालिका र क्लकबाट खेल्ने खेलाडीले अछाम जिल्लामा बसोबास गर्दै आएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ताको प्रतिलिपी पेश गर्नु पर्ने अनिवार्य नियम बनाईएको रिडिकोट क्रिकेट क्लबका कप्तान शिवराज स्वारले बताउनु भयो । बडासैनमा यसअघि भब्य रुपमा प्रतियोगिता सफल भएकाले सफल हुनेमा आफु आशाबादी रहेको उहाँले बताउनु भयो । यसअघि अछाम जिल्लामै सबैभन्दा ठुलो धनराशि १ लाख २१ हजार राशिको क्रिकेट प्रतियागिता गत बैशाखमा बान्नीगढी जयगढ गाउपालिकाले थालाकोटमा गरेको थियो भने ७७ हजार राशिको क्रिकेट प्रतियोगिता मंगला बिकास क्लब वलिगाउले वलिगाउमा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!