सांसद र कर्मचारीबीच भएको फुटबलमा ४ गोल हानेर कर्मचारीले हराए

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौँ | सांसद सेवा दिवसमा दशरथ रंगशालामा सांसद र कर्मचारीबीच भएको फुटबलमा कर्मचारीले सांसदलाई ४–० गोलले पराजित गरेको छ | प्रतिष्पर्धा ३० मिनेट भएको थियो | संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका हुन् |

कर्मचारीको तर्फबाट संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई र सांसदरुको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेतृत्व गरेका थिए | खेलमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीहरु सहभागी भए |

प्रत्येक बर्ष  मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!