रोबोटमा आफसेआफ विकसित हुन सक्छ पूर्वाग्रह, यसरी भयो खुलाशा

Posted on: 10 Sep, 2018

एजेन्सी | एक अध्ययनमा खुलाशा भएको छ कि कृत्रिम बुद्धिमत्ता मेसिनले अर्को मेसिनबाट सिकेर, नक्कल गरेर वा चिनेर पूर्वाग्रहको लक्षण प्रदर्शन गर्न सक्छ | 

ब्रिटेनको कार्डिफ यूनिभर्सिटी र अमेरिकाको म्यासाच्यूसेट्स इन्स्टीट्यूट अफ टेक्नोलोजी (एमआईटी) का शोधकर्ताहरुले खुलाशा गरे अनुसार रोबर्टहरुलाई अर्कोप्रति पूर्वाग्रह देखाउनको लागि उच्च स्तरको संज्ञानात्मक क्षमताको जरुरी हुँदैन र यसलाई मेसिनद्वारा सहजै प्रदर्शन् गर्न सकिन्छ | 

साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस्तो लाग्छ कि पूर्वाग्रह मानिसको विशिष्ट धारणा हो, जसमा कुनै खास व्यक्ति वा समूहलाई चिनेर कुनै धारणा बनाउनको लागि, वा रूढीवादी धारणाको लागि मानव संज्ञान की जरूरत हुन्छ | कार्डिफ विश्वविद्यालयका प्रोफेसर रोजर व्हिटकरले भने, ‘यो सम्भव छ कि चिनेर वा विभेद र अर्कोको नक्कल गर्न सक्ने मेसिनले भविष्यमा पूर्वाग्रहको धारणालाई लिएर अति सम्वेदनशील बन्न सक्नेछ | जुन मानिसमा पनि देखिन्छ |’’

शोधमा रोबोटमा आफसेआफ पूर्वाग्रह विकसित हुन सक्छ भन्दै कृत्रिम बुद्धिमताले आफसेआफ पूर्वाग्रही समूह विकास गर्न सक्ने भनिएको छ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!