१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

पेटमा ५६ वर्षको गर्भ, शल्यक्रियापछि ८१ वर्षीय वृद्धाको मृत्यु!

१३ चैत्र २०८०, मंगलवार १२:०९

एजेन्सी | ब्राजिलको अरल मोरेराकी ८१ वर्षीया महिला डेनिएला भेराको पेटबाट ५६ वर्षीय लिथोपेडियन नामक क्याल्सिफाइड भ्रूण निकाल्न शल्यक्रिया गर्दा उनको मृत्यु भएको छ ।

डेनिएला भेरा ५६ वर्षसम्म गर्भवती भएकी थिइन् । यतिमात्र होइन उनलाई वर्षौँसम्म आफू गर्भवती रहेको कुरा पत्तो नै भएन । जब पेटमा निकै दुखाई महसुस हुन थाल्यो, तबमात्रै उनलाई त्यसबारेमा थाहा भयो।

अचानक पेटमा दुखाई बढेपछि उनी जाँच गराउनका लागि अस्पताल गइन् । उनको परीक्षण गर्ने क्रममा डाक्टरहरुले पेटमा क्याल्सिफाइड भ्रूण रहेको पत्ता लगाए। सात सन्तानकी आमा डेनिएलालाई यसबारेमा पहिलेदेखि कुनै जानकारी थिएन ।

अन्ततः गत मार्च १४ मा डाक्टरहरुले सर्जरी गरेर उक्त भ्रूणलाई हटाउन सफल भए । तर उक्त शल्यक्रिया पछि डेनिएला धेरै समय जीवित रहिनन् । अर्को दिन नै उनको मृत्यु भयो ।

डेनिएलाको उपचार गर्ने डाक्टर प्याट्रिक डेजिरेमका अनुसार शल्यक्रियापछि संक्रमणका कारण उनको मृत्यु भएको छ । उनका अनुसार कतिपय यस्ता घटनाहरु हुन्छन् जहाँ पाठेघरको साटो सरीरका अन्य भागमा गर्भाधारण हुन्छ, यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ।

यो गर्भावस्थाको एउटा प्रकार हो जहाँ सामान्य ठाउँभन्दा बाहिर गर्भाधारण भई भ्रूण बन्दछ, तर त्यो भ्रूण त्यहाँ जीवित रहन सक्दैन ।

डेनिएलाको हकमा पनि त्यस्तै भयो । भ्रूणको विकास ठीक ढंगले नभएका कारणे गर्दा भ्रूण क्याल्सिफाइड हुन्छ । यस्तोमा शरीरमा न त बढी दुखाई हुन्छ न त रक्तश्राव नै हुन्छ । एक्सरे नगरुन्जेल त्यसका बारेमा पत्तो नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण