रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति

Posted on: 28 Oct, 2016

सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्वभाविक तौल हुनु स्वास्थ्यको लागि राम्रो हो तर सामान्य भन्दा बढी तौल बढ्नु स्वास्थ्यको लागि निकै नराम्रो हो त्यसैले तलको टिप्स तपाईलाई फाइदादायक छ ।  

१. सुत्नु अघि धेरै पानी पिउने बानी नगर्नुस् । 

२. रातको समयमा चर्को लाइट बालेर नसुत्नुस अन्यथा मेलाटानिन् हर्मनको ह्रास आउँछ । यसको कारण पछि-पछि निन्द्रा नलाग्ने समस्या आउनुको साथै तौल पनि बढ्छ । 

३. धेरै समय जागै बस्दा पनि सरिरको तौल बढ्छ । 

४. सुत्दा आफुलाई सजिलो लाग्ने कपडा लगाएर सुत्ने बानी गर्नुस् । अफ्ट्यारो कपडामा सुत्दा बढी चालिन्छ जसको कारण निन्द्रा डिस्टर्ब हुन्छ । यसले तौल बढाउने हर्मोनको मात्रामा बृद्दी गर्छ ।

५. यदी कोठामा एसी वा पंखा लगाएर सुत्ने बानी छ भने ध्यान दिनुस् गलत तापक्रमले पनि तौल बृद्दी गराउँछ । बढी गर्मी हुँदा फ्याट बर्न गर्ने हर्मोनको लेवल कम हुन्छ र तौल बढ्न सक्छ । 

६. सुत्नु अघि चिया वा कफी पिउने बानी नगर्नुस् ।

७. सुत्नु अघि कसरत नगर्नुस् । कसरत गर्नु छ भने सुत्नुभन्दा १/२ घण्टा अघि नै गर्नुस् । 

८. बढी क्यालरी भएको खाना नखानुस । बिशेष गरि मोटा व्यक्तिहरुले बेलुकाको खानामा चामल, आलु नखानु राम्रो हुन्छ ।

९. बेलुकाको खाना सुत्नु भन्दा २ घण्टा अघिनै खानु राम्रो हुन्छ । 

१०. सुत्नु अघि रक्सि वा बियर पिउने बानी छ भने त्याग्नुस । बियर पिउँदा मोटाइन्छ भन्ने मान्यता छ तर बास्तबिकता के हो भने बियर वा रक्सिको कारण मानिसको निन्द्रामा असर पर्छ, जसको कारण तौल बढ्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!