के तपाइँ बिहे गर्दै हुनुहुन्छ ? बिहेअघि केटाको बारेमा जान्नैपर्ने केहि कुरा

Posted on: 07 Mar, 2018

बिबाहको जिन्दगी सबैभन्दा ठुलो निर्णय हो। बैबाहिक जीवनको निर्णय गर्नुपुर्ब धेरी कुराहरुको सोचविचार र ध्यान गर्नुपर्छं। ताकी बिबाहपछी जीवन प्रममय बनोस, हर यात्रामा सहजता पुगोस | हाम्रो समाजमा विवाहका लागि केटाले केटी हेर्ने चलन छ । प्राय केटीहरुले अभिभावककै निर्णयका आधारमा बिहे गर्ने गर्छन् । त्यसैले उनीहरुले केटाको बारेमा त्यति मुल्यांकन गर्ने अवसर प्राप्त गर्दैन् |तर उनीहरु आफैंले केटाको हरेक पक्षको मूल्यांकन गर्नु अति जरुरी छ किनकी यो जीवन बिताउने सवाल हो । यहाँ हामी विवाहपूर्व केटीले केटाको विषयमा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्दैछौं ।


१. यो थाहा लगाउनुपर्छ कि केटाको करिअरको लक्ष्य के हो ? उ आफूलाई आगामी ५ वर्षमा कहाँ देख्न चाहन्छ ?

२. केटाको धैर्यता कति छ भन्ने जाँचौं । मोबाइल हराउँदा वा कम्प्युटर स्लो चल्दा उसको प्रतिक्रिया महसुस गरौं ।

३. केटाको प्रिय ठाउँका बारेमा थाहा पाउने मात्रै होइन उसँग त्यहाँ घुम्न पनि जानुपर्छ । यसबाट केटाको आनीबानी र व्यवहार बुझ्न सजिलो हुनेछ ।

४. केटाले कस्तो लुगा लगाएको छ ? कत्तिको सफा छ ? यी कुराहरु हेरौं । उसको लिभिङ स्ट्यान्डर्ड जाँच गरौं ।

५. व्यक्ति कुन माहोलमा हुर्किएको छ, यसमा धेरै कुरा भर पर्छ । सफासुग्घर भएर बस्ने व्यक्तिले आफ्नो बच्चा तथा श्रीमतीलाई पनि यसैगरी बस्न सिकाउँछ ।

६. केटासँग सन्तानको योजनाबारे कुरा गर्नुस । उ कति बच्चा जन्माउन चाहन्छ ? फेमिली भ्याकेसनबारे के सोच्छ आदि बुझौं ।

७. यो थाहा पाउने कोशिष गरौं कि केटासँग लुकेको प्रतिभा के छ ? यदि उसको प्रतिभालाई बाहिर ल्याउन सकियोे भने आपसी प्रेम झनै झांगिनेछ ।

८. थाहा पाउनुपर्छ कि प्रेम र विवाहलाई लिएर उसको धारणा के छ ? इन्टिमेसीको विषयमा दुवैको सोच मिल्छ कि मिल्दैन । केटाको फिलिङ्स पत्ता लगाउनुपर्छ ।

९. केटाको पढाईलेखाई सबैभन्दा महत्वपूर्ण छ । उसले कुन विषयमा कुन तहसम्म पढेको छ भन्ने कुरा सबैभन्दा सुरुमा पत्ता लगाउनुपर्छ ।

१०. केटा मिहिनेति छ कि छैन भन्ने कुरा पनि उत्तिकै अहम् छ । त्यसैले विहे गर्नुअघि उ अल्छे छ कि मिहिनेति छ भन्ने पनि पत्ता लगाउनुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!