चिनियाँ सामान वहिष्कार गरेपछि भारतलाई चीनको यस्तो चेतावनी

Posted on: 28 Oct, 2016

कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ ।

चीनले भारतमा चिनियाँ सामान वहिष्कार गरिने हो भने त्यसले भविष्यमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने चेतावनी दिएको हो । नयाँ दिल्लीस्थित चिनियाँ दुतावासका प्रवक्ता झी लियानले चिनियाँ सामान वहिष्कारको प्रत्यक्ष प्रभाव भारतमा रहेका चिनियाँ उद्योगमा परेको उल्लेख गर्दै आगामी दिनमा यसले भारतमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने प्रष्ट पारे ।

भारतमा चिनियाँ लगानी घटेको अवस्थामा भारतीय उपभोक्ता बजारमाथि पनि नकारात्मक असर पर्न सक्ने चेतावनी चीनले दिएको छ ।

चीनले आतंकवादलगायतका तमाम मुद्दामा पाकिस्तानलाई साथ दिएको भन्दै भारतले चिनियाँ सामाग्री वहिष्कार अभियानमार्फत चीनलाई दबाब दिन खोजिरहेको समयमा चीनको यस्तो चेतावनी आएको हो । (एजेन्सी) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!