इन्डोनेसियामा बाढीको कारण छ हजार विस्थापित

Posted on: 15 Nov, 2016

कात्तिक ३०, जाकार्ता । इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

यस बाढीको कारण करिब ६ हजार घर, १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । 

त्यसैगरी बाढीको प्रकोपमा परी एक सय हेक्टर जमिनको धान वालीसमेत नष्ट भएको र २० हजार व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

विस्थापित र प्रभावित व्यक्तिहरुको सहयोगको लागि सैनिक, प्रहरी, स्थानीय बासिन्दा, प्रकोप नियन्त्रण निकायका अधिकारीहरु सहभागीता रहेको पनि सुतोपोले बताउनु भएको छ । 

इन्डोनेसियामा भारी बर्षापछि बाढी र पहिरोको प्रकोपले बारम्बार सताउने गरेको पाइन्छ । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!