लडाकू आक्रमणमा परी तेह्र प्रहरीको मृत्यु

Posted on: 18 Nov, 2016

मङ्सिर ३, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । 

फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । 

‘घटनास्थलबाट अज्ञात संख्यामा लडाकूहरु भागेका थिए भने, घटनामा परी मृत्यु हुने १३ जना नै प्रहरी रहेका छन्,” उपक्षेत्रीय प्रहरी प्रमुख मोहम्मद घोस मल्यारले भन्नुभयो । 

क्षेत्रीय सुरक्षा कार्यालयले आक्रमणको घटनाका बारेमा अनुसन्धान गर्न थालिसकेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

घटनास्थलपछि तीन चार जना प्रहरीहरु हराएको र उनीहरु तालिवानीको सम्पर्कमा रहेको हुन सक्ने बताइएको छ । प्रहरी प्रमुख मल्यारले घटनाका बारेमा अनुसन्धानपछि मात्रै विस्तृत विवरण बताउन सकिने जानकारी दिनुभयो । 

फराह र छिमेकी हेल्माण्ड प्रान्तमा विगत दुई महिनादेखि सुरक्षा चुनौती बढ्दै गईरहेको छ । तालिवानीको प्रवक्ता जुविल्लाह मुजाहिदले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!