इन्डोेनेसियामा शक्तिशाली भूकम्प

Posted on: 10 Jan, 2017

पुस २६, बेइजिङ (चीन) । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट (स्थानीय समय) जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाएको छ ।

सीइएनसीकाअनुसार मंगडलबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्यूडको भएको र भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको थियो ।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!