भूमध्यसागरमा डुंगा दुर्घटना, एक सयभन्दा बढी आप्रवासी वेपत्ता

Posted on: 15 Jan, 2017


माघ २, काठमाडौं । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो । हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई जिउँदै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।

उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । द्वन्द्वग्रस्त मुलुकका बासिन्दा आप्रवासीका रुपमा युरोप प्रवेश गर्ने क्रममा अधिकांश डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।

गत सातामात्रै लिबिया र इटलीको तटीय क्षेत्रबाट भूमध्य सागर पार गर्न लागेका ५ सय ५० आप्रवासीको उद्धार गरिएको थियो ।

यसैबर्ष मात्रै एक हजारभन्दा बढी आप्रवासी युरोप प्रवेश गरिसकेका छन् । (एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!