किन इराकको तेल कब्जा गर्न चाहन्छ ट्रम्प सरकार ?

Posted on: 21 Feb, 2017

फागुन १०, बगदाद | अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकाको लक्ष्य इराकको तेल कब्जा गर्नुनभएको बताएका छन् । इराकको भ्रमणका क्रममा बग्दाद पुगेका म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको विचारभन्दा फरक धारणा राखेका हुन् ।

इराकको पश्चिमी मोसुलबाट चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) लाई लखेट्नका लागि सुरु भएको अभियान जारी रहँदा उनको यो भ्रमण भएको हो । पेन्टागनले इराक र सिरियामा आईएसविरुद्धको कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको बताइरहँदा भएको यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । ट्रम्पको तेलसम्बन्धी धम्कीका कारण बाधा उत्पन्न हुने आशंकासमेत उब्जिइरहेको छ ।

ट्रम्प प्रशासनले अमेरिका प्रवेश गर्न इराकी नागरिकलाई समेत प्रतिबन्ध लगाएपछि इराकी प्रधानमन्त्री हैदर अली अबादीलाई वासिंगटनसँगको सहयोग कम गर्न दबाब परिरहेको छ भने इराकी समाजमा समेत यसप्रति तीव्र असन्तुष्टि छ । म्याटिसले इराकी प्रमुख अधिकारीहरू र सैनिक कमान्डरसँग भेटवार्ता गरी द्वपक्षीय सम्बन्ध र मोसुल सहरमा आईएस समूहविरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी गर्ने अनुमान गरिएको छ ।

इराकमा यसअघिदेखि नै सयौं अमेरिकी सैनिकहरू रहेका छन् । ती सैनिकहरूले आईएस आतंककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् । मोसुल सहरमा जारी आईएसविरोधी कारबाहीमा करिब ४ हजार ८ सय अमेरिकी सैनिक सामेल छन् । राजधानी दैनिकमा खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!