सेनाको चलाएको गोली लागेर मन्त्रीको मृत्यु

Posted on: 04 May, 2017

वैशाख २१, सोमालिया । सोमालियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक मन्त्रीको ज्यान गएको छ । 

सोमालियाका सबैभन्दा कान्छा मन्त्री अब्दुल्लाही शेख अब्बासको सरकारी सेनाले चलाएको गोली लागेर ज्यान गएको हो ।

राजधानी मोगादिसु नजिक आफ्नै गाडीमा रहेका अब्बासमाथि सेनाले भूलबस गोली चलाएको बताएको छ । सेनाले इस्लामिक लडाकु भएको आशंकामा गोलि चलाएको दावि गरेको छ । 

सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीहरुलाई निलम्बन गरि नियन्त्रणमा लिइएको बताएका छन् ।

३१ वर्षका अब्बास सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छो सदस्य हुन् भने गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!