चार देशले निकाले कतारसँग जोडिएका आतंकवादीको सूचि

Posted on: 09 Jun, 2017


जेठ २६, काठमाडौँ । साउदी अरब, युएई, इजिप्ट र बहराईनले कतारसँग सम्बन्ध जोडिएका आतंकवादीको सूचि निकालेका छन् । 

अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेको बिबिसीले उल्लेख गरेको छ ।

 सूचीमा मुस्लीम ब्रदरहुडका आध्यात्मिक नेता युसेफ अल करादावीको नाम पनि राखिएको छ । साथै, कतार च्यारीटि, इद च्यारिटी लगायतका नाम पनि सूचिमा राखिएको छ ।

यसअघि इजिप्टले कतारले आफ्ना राजपरिवारका सदस्यलाई इराकमा बन्धक बनाइएपछि मुक्त गर्न एक अर्ब डलर फिरौती तिरेको भन्ने आरोपको छानबिन गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको थियो ।

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले सोमबारदेखि कुटनीतिक सम्बन्ध तोडेका घोषणा गरेका थिए । 

>> बैदेशिक रोजगारीको सबै डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!