बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु

Posted on: 13 Jul, 2017


असार २९, अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिनुभएको छ । 

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो । 

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै ज्यान गएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ । 

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!