गोर्खा सैनिकका मेजरको जवानद्वारा गोली हानी हत्या

Posted on: 18 Jul, 2017


असार ३, काठमाडौं । भारतीय भूमि कस्मिरमा सेनाका जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन् । 

पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

कस्मिरको बर्मुल्ला जिल्ला प्रहरीले यस घटनाको पुष्टि गरेको छ । सम्वेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग नगर्न मेजरले आदेश दिएपछि जवानले प्रतिवाद गरेका थिए । मेजरले ठेलेपछि जवानले प्रतिवादमा गोली चलाएका हुन् ।

पाकिस्तानसँगको सीमामा नेपाली नागरिक भर्ती हुने गोर्खा राइफल्स परिचालत छ । मृत्यु हुने थापा भारतीय नागरिक हुन् वा नेपाली हुन् खुल्न सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!