रेष्टुरेन्टमा हमला गरी बन्दुकधारीद्वारा १७ को हत्या

Posted on: 14 Aug, 2017


साउन ३०, बुर्किनाफासो । बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ । 

आइतबार साँझ सो घटना भएको थियो। उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ। बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो। आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ

उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो। तर आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन। सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । 

आक्रमणमा संलग्नको पहिचान पनि नखुलेको बताइएको छ । सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी ३० जनाको ज्यान गएको छ। रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!