कार दुर्घटनामा किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

Posted on: 07 Oct, 2017

असोज २१, किर्गिस्तान । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । 


एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । 

स्थानीय समय अनुसार शनिबार विहान करिब साढे सात बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ र उहाँको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । उहाँहरु दुबै जनाको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको हुनुहुन्थ्यो । उहाँ गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!