कतार जाँदै गरेको विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

Posted on: 16 Nov, 2017

कात्तिक ३०, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ । 

तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो । 

सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो । पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्काे विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो । 

विहान सवा ४ बजे पुनःअर्काे विमानबाट उडान भरिएको थियो । चरा ठोक्किएको सो विमानमा सामान्य दाग देखिएको छ । उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!